नियम १९
पुनरावेदन गर्ने सम्बन्धी कार्यविधि
(१) नेपाल सरकार वादी हुने मुद्दामा कुनै अदालत वा न्यायिक निकायबाट भएको फैसला उपर मिसिल संलग्न प्रमाणबाट पुनरावेदन गर्नु पर्ने देखिएमा त्यस्तो मुद्दा अभियोजन वा वहस पैरवी गर्न वा त्यस्तो फैसला उपर पुनरावेदन दायर गर्न तोकिएको सरकारी वकीलले पुनरावेदन मस्यौदा तयार गरी पुनरावेदन दायर गर्ने जिम्मेवारी भएको सरकारी वकीले कार्यालयमा पुनरावेदन म्याद शुरुभएको दश दिनभित्र पठाई सक्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सरकारी वकीलबाट पुनरावेदन मस्यौदा प्राप्त भएपछि सम्बन्धित कार्यालयका सरकारी वकीलले प्राप्त मस्यौदा जाँचबुझ गरी नेपाल सरकारको तर्फबाट अदालतमा पुनरावेदन दायर गर्नु पर्नेछ ।